Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ईपीएसमार्फत कोरिया जाने कामदारको बढ्यो भिसा शुल्क, कहिलेदेखि लागू हुने ?

ईपीएसमार्फत कोरिया जाने कामदारको बढ्यो भिसा शुल्क, कहिलेदेखि लागू हुने ?


  • 3.3K
    Shares

    ईपीएसमार्फत कोरिया जाने कामदारको बढ्यो भिसा शुल्क, कहिलेदेखि लागू हुने ?

    कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत दक्षिण कोरिया जाने कामदारहरूको भिसा शुल्क बढेको छ । नेपालस्थित कोरियन राजदूतावासले १ जनवरी २०२३ देखि लागू हुने गरी भिसा शुल्क बढाएको हो ।

    अहिलेसम्म दूतावासले ७ हजार २०० रूपैयाँ भिसा शुल्क लिने गरेको छ । अबदेखि उक्त शुल्कमा ६०० रूपैयाँ बृद्धि गरी ७ हजार ८०० पुर्‍याइएको हो । 

    भिसा जारी गर्न गर्न अघि आवश्यक पर्ने प्रक्रिया पुरा गर्न (सीसीभीआई) को लागि स्वयं व्यक्ति नै ईपीएस कार्यालयमा उपस्थित भई सीसीभीआई फाराम बुझाउनुपर्ने व्यवस्था रहेको छ । 

    अबदेखि उक्त फाराम भर्ने व्यक्तिहरूले भिसा शुल्क वापत ७ हजार ८०० रूपैँया बुझाउनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ । यसअघि नै सीसीभीआई फारम बुझाई सकेका तथा भिसा जारी हुन नसकेका व्यक्तिहरूले समेत थप शुल्क बुझाउनुपर्नेछ । 

    यसअघि सीसीभीआई फारम बुझाई सकेका व्यक्तिहरूले समेत भिसा जारी हुनका लागि नेपालस्थित कोरियन राजदूतावासमा सन् २०२३ जनवरी १ पछि मात्रै जाने भएकाले थप ६०० रूपैयाँ बुझाउन कार्यालयले अनुरोध गरेको छ ।

    प्रकाशित मिति :पौष १५ २०७९ शुक्रवार - १५:२०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij