२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । काठमाडौं । कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले फागुन ३ गते फेरी विरोध प्रदर्शन गर्ने भएको छ। फागुन ३ मा हुने प्रदर्शनलाई सभापति शेरबहादुर देउवाले व्यापक बनाउन अपिल गरेका छन्।
शनिवार संसद् विघटनको विरोधमा पार्टीका १८ शुभेच्छुक संस्थाले देशभर गरेको विरोध प्रदर्शनपछि विज्ञप्ति जारी गर्दै देउवाले ३ फागुनमा ७७ वटै जिल्लामा हुने प्रदर्शनलाई झनै व्यापक बनाउन भनेका हुन ।
‘प्रदर्शनले के।पी। शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिव्यक्त गरेको छ,’ देउवाद्वारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ ।
‘पूर्व घोषणा अनुरूप फागुन ३ गते नेपाली काँग्रेस जिल्ला कार्यसमितिहरूद्वारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन समेत सबैमा अपिल गर्दछु ।’ देउवाले भनेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij