Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

मन्त्रालय बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी

मन्त्रालय बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी


  • 1.6K
    Shares

    मन्त्रालय बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी

    नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सरकारमा सहभागी दलहरूकाे गठबन्धनको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छ।

    केहीबेरअघि सुरु भएकाे सत्तारूढ गठबन्धनकाे बैठकमा नयाँ सरकारकाे मन्त्रालय बाँडफाँटबारे छलफल हुने जनाइएकाे छ।

    उक्त बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारमा सहभागी दलका प्रमुख नेताहरू: एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत सहभागी छन्।

    राष्ट्रपतिले दिएकाे समयसीमा अनुसार आइतबार मुलुककाे नयाँ प्रधानमन्त्रीकाे रूपमा प्रचण्ड नियुक्त भएका छन्।

    आज अपराह्न पद तथा गोपनीयताको शपथ लिने तयारीमा रहेका प्रचण्डकाे नेतृत्वमा सानाे मन्त्रिमण्डल तयार गर्नका लागि सरकारमा सहभागी दलका शीर्ष नेताहरू तीव्र रुपमा छलफलमा लागेका हुन्।

    प्रकाशित मिति :पौष ११ २०७९ सोमवार - १३:०९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij