Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

बानेश्वर पुगे प्रचण्ड, सुरु भयो ७ दलीय गठबन्धनको बैठक

बानेश्वर पुगे प्रचण्ड, सुरु भयो ७ दलीय गठबन्धनको बैठक


  • 1.5K
    Shares

    बानेश्वर पुगे प्रचण्ड, सुरु भयो ७ दलीय गठबन्धनको बैठक

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेका दलहरुको बैठक सुरु भएको छ। संघीय संसद भवन बानेश्वरमा ७ दलीय गठबन्धनको बैठक सुरु भएको हो।

    बैठकमा सहभागी हुन नवनियुक्त प्रधानमन्त्री प्रचण्ड बैठकस्थल पुगेका छन्। उनीसँगै अन्य दलका शीर्ष नेता पछि बैठक स्थलमा पुगेका छन्।

    हिजो ६ वटा दलको समर्थनमा प्रचण्डले प्रधानमन्त्री पदमा दाबी गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो नै प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

    अहिले दलहरुलाई मन्त्रालय बाँडफाँट गर्ने विषयमा सहमति जुटाउन दलहरु छलफलमा जुटेका हुन्। आज अपराह्न ४ बजे प्रचण्डले प्रधानमन्त्री पदको सपथग्रहण गर्दैछन्। प्रचण्डसँगै अन्य दलका केही नेताहरुले पनि मन्त्रीको सपथ लिनेगरि तयारी भइरहेको छ।  

     

    प्रकाशित मिति :पौष ११ २०७९ सोमवार - १२:२२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij