Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

सत्ता राजनीतिमा उथलपुथल: प्रचण्डसँगै आज क–कसले लिँदैछन् शपथ?

सत्ता राजनीतिमा उथलपुथल: प्रचण्डसँगै आज क–कसले लिँदैछन् शपथ?


  • 1.6K
    Shares

    सत्ता राजनीतिमा उथलपुथल: प्रचण्डसँगै आज क–कसले लिँदैछन् शपथ?

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले आज ४ बजे शपथ लिँदैछन्।

    प्रचण्डसँगै माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीमा शपथ लिने भएका छन्। सोमवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले श्रेष्ठलाई परराष्ट्रसहित उपप्रधानको जिम्मेवारी दिने निर्णय गरेको हो।

    अरु को को बन्दैछन् मन्त्री?

    प्रचण्डसँगै आच चार जना मन्त्रीले शपथ लिने तयारी गरेको छ। एमालेले पहिलो चरणमा उपाध्यक्ष विष्णु पौडेललाई सरकारमा पठाउने भएको छ। पौडेललाई उपप्रधानसहित गृह वा अर्थमध्ये मन्त्रालय दिने तयारी गरेको छ।

    यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि आजै शपथ लिने तयारी रहेको छ।

    प्रचण्ड गठबन्धन सरकारमा एमालेले ८ मन्त्रालय लिने भएको छ। यसैगरी माओवादीले प्रधानमन्त्रीसहित ६ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्रालय, जसपाले एक राज्यसहित ३ मन्त्रालय, राप्रपाले एक राज्यसहित ३ मन्त्रालय र जनमत पार्टीले एक राज्यसहित २ मन्त्रालय लिने गठबन्धनमा मोटामोटी सहमति भएको बताइएको छ। यता नागरिक उन्मुक्ति पार्टीबाट पनि सरकारमा सहभागी हुने नहुनेबारे छलफल चलाइरहेको छ।

     

    प्रकाशित मिति :पौष ११ २०७९ सोमवार - ११:३३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij