२०८२ माघ १६ गते शुक्रवार
नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ।
सोमबार बिहान पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। श्रेष्ठ राष्ट्रिय सभाका समेत सांसद हुन्।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार अपराह्न ४ बजे राष्ट्रपतिसमक्ष सपथ लिँदैछन्। यससँगै श्रेष्ठलगायत मन्त्रीहरूको शपथ हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij