२०८२ माघ १६ गते शुक्रवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरूलाई बालकोट बोलाएका छन्।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाउन ओलीले आफू निकट नेताहरूलाई बोलकोट बोलाएका हुन्।
महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल र उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरू यति बेला बालकोट पुगिसकेका छन्। अध्यक्ष ओलीले आजै केही मन्त्री पठाउने तयारी स्वरूप नेताहरूलाई बोलाएर छलफल सुरु गरेका हुन्।
एमालेबाट उपाध्यक्ष पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएका छन्। पौडेललाई अर्थ मन्त्री बनाउने तयारी छ। त्यस्तै अन्य मन्त्रीहरूको पनि आजै टुङ्गो लगाइने भएको छ। एमालेबाट कम्तिमा ६ जना मन्त्री सरकारमा सहभागी हुने बुझिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij