Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रचण्डको शपथसँगै आज सानो आकारको मन्त्रिपरिषद् बन्ने !

प्रचण्डको शपथसँगै आज सानो आकारको मन्त्रिपरिषद् बन्ने !


  • 1.6K
    Shares

    प्रचण्डको शपथसँगै आज सानो आकारको मन्त्रिपरिषद् बन्ने !

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ आज दिउसो हुने भएको छ । दिउसो ४ बजे राष्ट्रपति कार्यालयमा शपथको तयारी गरिएको छ । प्रचण्डसँगै आज सानो आकारको मन्त्रिपरिषद् बन्ने छ ।

    नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको छ भने एमालेबाट विष्णु पौडेल सरकारमा सहभागी हुने तयारी छ ।

    त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि आजै सरकारमा सहभागी हुने तयारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुुपर्ने अडान राखेको छ ।

    यसबाहेक थप श्रमसहित बाँकी दुई मन्त्रालय र उपसभामुखमा दाबी रहेको सो पार्टीका एक नेताले जानकारी दिए ।

    “हामीले गृह मन्त्रालय भनेका छौँ, त्यो भएन भने भौतिक मन्त्रालयमा अडान रहने छ,” उनले भने, “श्रम मन्त्रालय पनि हाम्रो रोजाइमा परेको छ ।”

    उनका अनुसार उपसभामुखमा पनि रास्वपाको दाबी रहेको छ । सभामुख भने नेकपा एमालेले लिने भएको छ ।
     

    प्रकाशित मिति :पौष ११ २०७९ सोमवार - ११:०९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij