Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

बालकोट बैठक: प्रचण्डको नेतृत्वमा सरकार बनाउने भयो यस्तो सहमति

बालकोट बैठक: प्रचण्डको नेतृत्वमा सरकार बनाउने भयो यस्तो सहमति


  • 2.2K
    Shares

    बालकोट बैठक: प्रचण्डको नेतृत्वमा सरकार बनाउने भयो यस्तो सहमति

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अबको प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन्।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको एक नेताले जानकारी दिए।

    प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको बैठकमा सहभागी ती नेताले बताए।

    बैठकबारे प्रतिक्रिया दिँदै एमाले नेता विष्णु रिमालले सहमति सकारात्मक उन्मुख भएको बताए। ‘बालकोटमा बैठक जारी छ। सहमति सकारात्मक दिशातर्फ उन्मुख छ,’ उनले भने।

    आज बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टीका शीर्ष नेताहरूको बैठक बसेको थियो।

    राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकालले प्रचण्डलाई दलहरूले प्रधानमन्त्री बनाउने सहमति गरेकोबारे खबर आएको संकेत गरे। ‘उहाँहरूले खबर पठाउनै परेन, दाबी छ भने उहाँहरूले प्रस्ताव नै लिएर आउनुहोला। आज अपरान्ह ५ बजेसम्म पनि आउनुभएन भने राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलबाट प्रधानमन्त्री बनाउनुहोला।’

    प्रकाशित मिति :पौष १० २०७९ आइतवार - १५:५२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij