२०८२ माघ १६ गते शुक्रवार
सत्ता समीकरण विषयमा एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटको छलफलपछि जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बैठक बोलाएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले काठमाडौँमा उपलब्ध कार्यकारिणी समितिका सदस्यहरुलाई पार्टी कार्यालय बालकुमारीमा बोलाएका हुन् ।
चुनावपछि सत्ता गठबन्धन भत्काएर एमाले, माओवादी केन्द्रसहितको छुट्टै गठबन्धन बनाएर सरकार गठन गर्ने गृहकार्यमा लागेका उपेन्द्र यादवले सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीमा छलफल गर्न लागेको स्रोतले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij