Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

सरकार गठनबारे सहमति जुट्ने सम्भावना बढेपछि राप्रपाको आकस्मिक बैठक बस्दै

सरकार गठनबारे सहमति जुट्ने सम्भावना बढेपछि राप्रपाको आकस्मिक बैठक बस्दै


  • 2.2K
    Shares

    सरकार गठनबारे सहमति जुट्ने सम्भावना बढेपछि राप्रपाको आकस्मिक बैठक बस्दै

    एमाले अध्यक्ष केपी ओलीले सरकारमा सहभागी हुन अफर गरेपछि यसबारे निर्णय लिन राप्रपाको बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा पदाधिकारीसहित सांसदहरुको बैठक बसिरहेको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।

    उनका अनुसार बैठकमा पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, जेष्ठ सांसद पशुपति शमशेर राणासहित पदाधिकारी र सांसदहरु सहभागी छन् । बैठकमा सत्ता गठबन्धन टुटेपछि बन्ने नयाँ सरकार र राप्रपाको सहभागिताको विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ । राप्रपा स्रोतका अनुसार एमाले अध्यक्ष निवास बालकोट बैठकमा सरकारमा सहभागी हुनका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई अफर आएको थियो । 

    सो अफरलगत्तै लिङ्देनले पार्टीभित्र सुरुमा अनौपचारिक छलफल गरेरपछि आधिकारिक बैठक आकस्मिक रुपमा बोलाएका हुन् ।

    प्रकाशित मिति :पौष १० २०७९ आइतवार - १५:४५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij