२०८२ माघ १६ गते शुक्रवार
सत्तारूढ गठबन्धनका प्रमुख नेताहरूमध्ये काे पहिला प्रधानमन्त्री भन्ने विवाद टुङ्गाे नलागेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारकाे बैठकबाट अचानक निस्किएर एमाले अध्यक्ष केपी ओली निवास बालकाेट पुगेका छन्।
आफूलाई सुरुकाे दुई वर्ष प्रधानमन्त्री दिन शेरबहादुर देउवा राजी नभएपछि माओवादी अध्यक्ष दाहालले अब गठबन्धनकाे अर्थ नरहेकाे बैठकमा बताएका थिए।
कांग्रेस नेता रामचन्द्र पाैडेलका अनुसार दाहाल अब गठबन्धनकाे अर्थ नरहेकाे भन्दै बैठकबाट बाहिरिएका थिए।
पाैडेलले सञ्चारकर्मीहरूसँग भने,’गठबन्धनकाे कुनै अर्थ नरहेकाे भन्दै दाहाल बैठकबाट बाहिरिनुभयाे।’याेसँगै नेपाली कांग्रेस नेतृत्वकाे सत्तारूढ गठबन्धन धरापमा परेकाे छ।
देउवा र प्रचण्डमध्ये काे पहिला प्रधानमन्त्री बन्ने भन्नेबारे छलफल गर्नका लागि केहीदिन यता निरन्तर बैठक बसेकाे भए पनि यी दुई नेताका आ-आफ्नै अडानका कारण काे पहिला प्रधानमन्त्री बन्ने भन्नेबारे टुङ्गाे लाग्न नसकेकाे हाे।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आइतबार सकिँदैछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij