Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

सरकार गठनको सकस: साँझ ५ बजेसम्म दलहरूले प्रधानमन्त्रीको नाम सिफारिस गर्न नसके के हुन्छ ?

सरकार गठनको सकस: साँझ ५ बजेसम्म दलहरूले प्रधानमन्त्रीको नाम सिफारिस गर्न नसके के हुन्छ ?


  • 1.7K
    Shares

    सरकार गठनको सकस: साँझ ५ बजेसम्म दलहरूले प्रधानमन्त्रीको नाम सिफारिस गर्न नसके के हुन्छ ?

    राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्रीमा दाबी पेश गर्न दिएको समय घर्किनैलाग्दा आइतवार साँझ ५ बजेपछि के हुन्छ भन्ने अन्योल बढेको छ । 

    राष्ट्रपतिले प्रधानमन्त्री सिफारिश गर्न दिएको समय सकिन ४ घण्टा बाँकी रहँदा (आइतवार दिउँसो १ बजेसम्म) सत्ता गठबन्धनमा प्रधानमन्त्रीको नाममा सहमति जुट्न सकेको छैन । 

    नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ पुस २९ गतेसम्म धारा ७६ (२) अनुसारकै प्रधानमन्त्री चयनको समय रहेको बताउँछन् । 

    संविधानको धारा ७६ (३)को शुरूमा ‘प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा प्रकाशित भएको मितिले ३० दिनभित्र उपधारा (२) अनुसारको प्रधानमन्त्री नियुक्त हुन नसकेमा’ भन्ने वाक्यांश उल्लेख छ । 

    त्यसैलाई आधार मानेर माओवादी महासचिव गुरुङले उपधारा २ अनुसारको सरकार गठनका लागि पुस २९ सम्मको समय रहेको बताए । 

    साँझ ५ बजेसम्म प्रधानमन्त्रीको नाम सिफारिश नभएमा राष्ट्रपतिले समय थप गर्ने या उपधारा ३ को प्रक्रियाका लागि आह्वान गर्ने विकल्प रहेको संविधानविद्हरू बताउँछन् ।

    संविधानविद् डा. भीमार्जुन आचार्य दलहरूको आग्रहमा राष्ट्रपतिले समय थप्ने या उपधारा ३ अनुसारको सरकार गठनका लागि आह्वान गर्न सक्ने विकल्प रहेको बताउँछन् । 

    ‘पुरानो अभ्यास हेर्दा राष्ट्रपतिले समय थपेको दृष्टान्त छन्, एउटा विकल्प फेरि ५/७ दिन समय थप्ने नै हो । समय थाप्नुभएन भने ठूलो दललाई सरकार बनाउन आऊ भनेर आह्वान गर्ने हो,’ आचार्यले लोकान्तरसँग भने । 

    समय थपका लागि भने दलहरूले राष्ट्रपतिसँग औपचारिक आग्रह गर्नुपर्छ । अहिलेको प्रक्रियाअनुसार सरकार बनाउन दलहरूले नाम सिफारिश नगरेमा राष्ट्रपतिले अर्को सूचना जारी गर्नुपर्ने आचार्य बताउँछन् । 

    ‘समय थप्न दलहरूले आग्रह गरेनन् भने राष्ट्रपतिले ७६ (२) अनुसार सरकार बन्न नसक्ने देखिएकाले नयाँ प्रक्रिया भनेर ७६ (३) अनुसारको प्रक्रियामा सरकार बनाउन आऊ भनेर आह्वान गर्नुपर्छ,’ आचार्यले भने ।

    प्रधानमन्त्रीमा सहमति जुटाउने प्रयास स्वरूप प्रधानमन्त्री निवास बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल भएको थियो । प्रचण्डै भर्खरै बालुवाटारबाट बाहिरिएका छन् ।

    प्रकाशित मिति :पौष १० २०७९ आइतवार - १३:१९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij