Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

सत्ता गठबन्धनको बैठकबाट बाहिरिए प्रचण्ड, दिएनन् कुनै प्रतिक्रिया !

सत्ता गठबन्धनको बैठकबाट बाहिरिए प्रचण्ड, दिएनन् कुनै प्रतिक्रिया !


  • 1.7K
    Shares

    सत्ता गठबन्धनको बैठकबाट बाहिरिए प्रचण्ड, दिएनन् कुनै प्रतिक्रिया !

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको बैठकबाट बाहिरिएका छन्। आइतबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकको छलफलपछि प्रचण्ड बाहिरिएका हुन् । उनले कुनै प्रतिक्रिया दिन मानेन्।

    आज बिहान ९ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भनिएपनि बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु थप रणनीति बनाउन आन्तरिक छलफलमा जुटेपछि बैठक बस्न ढिलाई भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वान टु वान वार्तापछि सत्ता गठबन्धनको बैठक सुरु भएको थियो। तर बैठकमा बैठक सहमति जुट्न सकेको छैन।

    राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्‍याएर प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। बहुमत पुर्‍याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ। धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६(२) बमोजिम राष्ट्रपतिले आह्वान गरेकी हुन्। तर समयसीमा घर्कदै जाँदा सत्ता बाँडफाडको टुंगो लागेको छैन । कांग्रेस र माओवादी दुवैले नेकपा एमालेलाई देखाएर वार्गेनिङ गर्दै गठबन्धन छाड्ने ‘धम्की’ दिँदै आएका छन्। कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवैमा दाबी गर्दै आएको छ। 

    प्रकाशित मिति :पौष १० २०७९ आइतवार - १३:०२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij