Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

देउवाको दूत बनेर खुमलटार पुगेका निधिलाई प्रचण्डले यसो भने ?

देउवाको दूत बनेर खुमलटार पुगेका निधिलाई प्रचण्डले यसो भने ?


  • 1.5K
    Shares

    देउवाको दूत बनेर खुमलटार पुगेका निधिलाई प्रचण्डले यसो भने ?

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न कांग्रेस नेता विमलेन्द्र निधि खुमलटार पुगेका छन् । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको दूत बनेर निधि प्रचण्डसँग छलफल गर्न खुमलटार गएका हुन् ।

    खुमलटारमा नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल चलिरहँदा निधि पुगेका थिए । प्रचण्डसँग छलफलको क्रममा कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद लिने निधिले बताएका थिए । निधिको कुरा सुनेपछि कांग्रेसलाई प्रधानमन्त्री दिन नसकिने बताएको प्रचण्ड निकट एक नेताले बताए ।

    प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसबाट बनाउन खोजे माओवादी गठबन्धनमा नरहने निधिलाई बताएको ती नेताले जानकारी दिए । 'गठबन्धन गरेर कांग्रेसलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउन आवश्यक छैन' प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने ।

    प्रकाशित मिति :पौष १० २०७९ आइतवार - ११:३२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij