Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

माओवादीले सांसदबाट मासिक ५ लाख ६४ हजार उठाउने

माओवादीले सांसदबाट मासिक ५ लाख ६४ हजार उठाउने


  • 1.4K
    Shares

    माओवादीले सांसदबाट मासिक ५ लाख ६४ हजार उठाउने

    नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका सदस्यहरूबाट मासिक ३ लाख ८३ हजार रुपैयाँ लेबी उठाउने भएको छ ।

    पार्टी केन्द्रीय पदाधिकारीको पुस ७ गते बसेको बैठकले जनही १२ हजार रुपैयाँका दरले ३२ सांसदबाट ३ लाख ८४ हजार रुपैयाँ लेबी उठाउने निर्णय गरेको हो ।

    यस्तै संघीय सांसदकै राष्ट्रियसभाका सांसदबाट माओवादी केन्द्रले थप १ लाख ८० हजार उठाउनेछ । राष्ट्रियसभामा माओवादी केन्द्रका १५ जना सांसद रहेका छन् । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाबाट गरी माओवादी केन्द्रले मासिक ५ लाख ६४ हजार रुपैयाँ उठाउनेछ ।

    माओवादीका एक पदाधिकारीले संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले पार्टीमा बुझाउने मासिक लेवी १२ हजार रुपैयाँ सांसदका दरले निर्धारण गर्ने निर्णय भएको जानकारी दिए ।

    यसैगरी प्रदेश सभाका सांसदहरूले पाउने तलब, भत्ता र अन्य सेवा सुविधा प्रदेशहरूमा फरक फरक भएकाले प्रदेश सभाका मन्त्री र सांसदहरूको लेवी निर्धारण सम्बन्धित प्रदेशको पार्टी समितिले गर्ने निर्णय भएको छ ।

    प्रदेशहरूबाट उठेको मासिक लेवी ८० प्रतिशत सम्बन्धित प्रदेशमा राख्ने र बाँकी २० प्रतिशत लेवी रकम अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा पठाउने निर्णय पनि भएको ती नेताको भनाइ छ ।

    प्रकाशित मिति :पौष १० २०७९ आइतवार - ११:१९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij