Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको शपथ, १७ जना सांसद अनुपस्थित

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको शपथ, १७ जना सांसद अनुपस्थित


  • 1.7K
    Shares

    प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको शपथ, १७ जना सांसद अनुपस्थित

    प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

    सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

    प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

    प्रतिनिधि सभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको सपथ पछि हुने छ ।

    संसद भवनमा उपस्थिति सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सपथ गराएका हुन् ।

    प्रकाशित मिति :पौष ७ २०७९ बिहिवार - १३:४०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij