Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

जातीय पोशाक र दौरा सुरुवालमा ठाँटिदै संसद् भवन पुगे नवनिर्वाचित सांसदहरू

जातीय पोशाक र दौरा सुरुवालमा ठाँटिदै संसद् भवन पुगे नवनिर्वाचित सांसदहरू


  • 1.9K
    Shares

    जातीय पोशाक र दौरा सुरुवालमा ठाँटिदै संसद् भवन पुगे नवनिर्वाचित सांसदहरू

    काठमाडौं । प्रतिनिधिसभातर्फका नवनिर्वाचितत सांसदहरूले आज (बिहीबार) पद तथा गोपनियताको शपथ लिँदैछन्। 

    दिउँसो १ बजेका लागि राखिएको शपथ समारोहका लागि सांसदहरु नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुग्न थालेका छन् ।

    धेरै पुरुष सांसदहरु दौरा सुरुवाल लगाएर गएका छन् भने महिला सांसदहरुले आ-आफ्नो जातीय पोशाक लगाएका छन् ।

    नयाँबानेश्वरस्थित संसद भवनमा एक समारोहका बीच ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित सांसदलाई शपथ गराउनेछन्। शपथ ग्रहणका लागि सांसदहरू धमाधम नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरिरहेका छन्।

    संसद सचिवालयका अनुसार शपथ गराएलगत्तै सांसदलाई संसद लोगोसमेत प्रदान गरिने कार्यक्रम छ। 

     

    प्रकाशित मिति :पौष ७ २०७९ बिहिवार - १३:२३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij