Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सेतो दुबी कसरी नियन्त्रण गर्ने ?

सेतो दुबी कसरी नियन्त्रण गर्ने ?


  • 2.2K
    Shares

    • images
    सेतो दुबी कसरी नियन्त्रण गर्ने ?
    images

    मानिसको शरीर या अनुहारमा सेतो रङको दाग (पिगमेन्ट लस) आउने समस्या दुबी हो ।

    यो रोगप्रतिरोधक क्षमताको कमी, वंशानुगत वा मेलनाइट्स (मेलेनिन उत्पादन गर्ने कोषिका, जसले छालालाई रङ दिने काम गर्छन्)को कमीले पनि हुन सक्छ । यदि समयमै उपचार गरिएन भने यो शरीरका विभिन्न भागमा फैलन्छ र उपचार गर्न मुस्किल पर्छ । 

    लक्षण  ः सेतो दुबी देखिनुअघि यसका केही लक्षण देखिन्छन् । समयमै उपचार गर्दा यसको प्रभावलाई रोक्न सकिन्छ । छालाको रङ परिवर्तन हुन थाल्छ, सूर्यको विकिरणको सम्पर्कमा आउनेले गुप्तांग, काखी र पेटमा कालो धब्बा देखिन्छ । कपाल खैरो देखिन थाल्छ, आँखाको परेलाका रङ बदलिन्छन्, जिब्रोको बाहिरी छालाको रङ परिवर्तन हुन थाल्छ ।

    असर : मुख्यतः शरीरमा रङ बन्न नपाउँदा सेतो दुबी देखिने हुन्छ । दुबीले सौन्दर्यलाई असर पुर्‍याए पनि अरू समस्या निम्त्याउने भने हुँदैन । फोटोसेन्सेटिभिटी (घामले गर्दा छालामा रियाक्सन गर्ने विकिरण) र कहिलेकाहीँ अरू रोगसँग सम्बन्धित भएका कारणले गर्दा पनि दुबीको समस्या आउन सक्छ । दुबीले गर्दा नै असर गर्ने अथवा अरू कुनै समस्या हुने भन्ने हुँदैन । त्यस्तै, यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । 

    समाधान : दुबीको उपचार सुरुकै अवस्थामा गर्न सकिए केही हदसम्म निको हुन्छ । तर, यो पुरानो छ भने पूर्ण रूपमा निको पार्न सकिँदैन । सामान्य दुबी भएमा मलमबाटै उपचार हुन्छ । तर, शरीरमा धेरै छ भने थेरापीबाट यसको उपचार गरिन्छ । विकिरणबाट रङ दिने कोषिका बढाएर उपचार गर्न सकिन्छ । छाला प्रत्यारोपण गरेर पनि यसको उपचार गर्न सकिन्छ । दुबी लाग्ने कारण र यसको उपचार प्रक्रियाबारे छालारोग विशेषज्ञसँग सल्लाह गरी आयुर्वेदिक उपचारसँगै सर्जरीका माध्यमबाट पनि उपचार गर्न सकिन्छ । 

    प्रकाशित मिति :पौष ६ २०७९ बुधवार - १२:१३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij