Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

संसदीय दलको नेता चयन गर्न लोसपाको बैठक बस्दै

संसदीय दलको नेता चयन गर्न लोसपाको बैठक बस्दै


  • 1.7K
    Shares

    संसदीय दलको नेता चयन गर्न लोसपाको बैठक बस्दै

    लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले संसदीय दलको नेता चयन गर्नेलागयतका विषयमा छलफल गर्न आज नवनिर्वाचित संसदको भेला बोलाएको छ । बबरमहलमा बोलाइएको सो भेलामा प्रतिनिधि सभाका लागि संसदीय दलको नेता चयनको विषयमा छलफल हुने बताइएको छ । लोसपाले मधेश प्रदेशको प्रदेश सभा संसदीय दलको नेताको विषयमा पनि छलफल गर्ने बताइएको छ ।

    प्रतिनिधि सभामा लोसपाले चार जना सांसद जितेका छन् । महोत्तरी–३ बाट महन्थ ठाकुर, महोत्तरी–२ बाट शरतसिंह भण्डारी, रुपन्देही–४ बाट सर्वेन्द्रनाथ शुक्ला र सर्लाही–१ बाट रामप्रकाश चौधरी जितेका छन् ।

    यसमध्ये संसदीय दलको नेता महन्थ ठाकुर हुने लगभग निश्चित छ । प्रमुख सचेतक कसलाई बनाउने त्यस बारेमा छलफल हुने बताइएको छ ।

    मधेस प्रदेशमा संसदीय दलको नेता लोसपाका कार्यकारिणी सदस्य एवं लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनललाई बनाउने लगभग निश्चित छ । यद्यपि त्यहाँबाट अन्य नेताहरूको पनि नाम आइरहेको छ ।  

    प्रकाशित मिति :पौष ६ २०७९ बुधवार - १२:०८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij