Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् सरकार गठनको एजेण्डा !

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् सरकार गठनको एजेण्डा !


  • 1.6K
    Shares

    माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् सरकार गठनको एजेण्डा !

    नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाइएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए। 

    उनका अनुसार नयाँ सरकार गठन र संसदीय दलको नेता छान्ने विषयमा आजको बैठकमा छलफल केन्द्रित हुनेछ। ‘समसामयिक विषयमा छलफल गर्नका लागि बैठक बोलाएका हौं,’ गुरुङले भने, ‘सरकार गठनको बेला छ, संसदीय दलबारे छलफल हुन्छ।’

    माओवादी केन्द्रमा संसदीय दलको नेताका लागि विवाद छैन। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत दलको नेता चुनिने भएपनि सरकार गठन लगायतका अन्य विषयमा छलफल गर्नका लागि बैठक आह्वान भएको हो।

    यसअघि गत १७ र १८ गते पनि पदाधिकारी बैठक बसेको थियो। पदाधिकारी बैठकले सरकारमा जाने सबै विकल्प खुला गरेको जनाएको थियो। यद्यपि पछि नेताहरुले सो निर्णय नभएको बताएका थिए।

    प्रकाशित मिति :पौष ३ २०७९ आइतवार - ११:०५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij