Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

संसद सचिवालयले आयोगसँग माग्यो जेष्ठ सांसदको जन्ममिति खुल्ने कागजात सहितको विवरण

संसद सचिवालयले आयोगसँग माग्यो जेष्ठ सांसदको जन्ममिति खुल्ने कागजात सहितको विवरण


  • 2.0K
    Shares

    संसद सचिवालयले आयोगसँग माग्यो जेष्ठ सांसदको जन्ममिति खुल्ने कागजात सहितको विवरण

    संघीय संसद सचिवालयले निर्वाचन आयोगसँग नवनिर्वाचित जेष्ठ सांसदको जन्ममिति खुल्ने कागजात सहितको विवरण बुझाउन पत्राचार गरेको छ । बिहीबार आयोगले सचिवालयमा बुझाएको नवनिर्वाचित सांसदहरूमध्ये जेष्ठ सदस्य को हो भन्नेमा स्पष्ट उमेर खुल्ने आधार नभएकोले उमेर खुलाएर पठाउन शुक्रबार आयोगलाई पत्राचार गरिएको सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । 

    सभामुखको निर्वाचन हुनुअघि जेष्ठ सदस्यले बैठक चलाउनुपर्ने भएकोले आयोगसँग सांसदको आधिकारिक उमेर खुल्ने कागजात सहितको विवरण मागिएको उनले बताए । आयोगले सो को विवरण पठाएपछि सो को परीक्षण गर्ने र सपथ ग्रहणको कार्यक्रम राख्ने तयारी रहेको छ ।  

    संसदको अध्यक्षता गर्ने जेष्ठ सांसदको पहिचान खुलेपछि राजनीतिक दलसँग समन्वय गरेर सपथ गराउने दिनको तय गर्ने सहप्रवक्ता धमलाले जानकारी दिए । त्यअघि संसदको जेष्ठ सदस्यले राष्ट्रपतिसँग सपथ गर्नुपर्ने भएकोले त्यसको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नेछ । 

     

    प्रकाशित मिति :पौष १ २०७९ शुक्रवार - १७:०९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij