Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारीमा थिए डा. कोइराला, मौसमले दिएन साथ !

संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारीमा थिए डा. कोइराला, मौसमले दिएन साथ !


  • 2.0K
    Shares

    संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारीमा थिए डा. कोइराला, मौसमले दिएन साथ !

    डा. शेखर कोइरालाले कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने भएका छन्। प्रधानमन्त्री ‘प्रि इलेक्सन’का रुपमा मान्न सकिने कांग्रेस संसदीय दलको नेतामा कोइरालाले उम्मेदवारी दिने भएका हुन्। कोइराला गत मंसिर ४ गते भएको चुनावमा मोरङ ६ बाट निर्वाचित भएका छन्।

    संस्थापन इतर समूहबाट गगन थापाले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्। अहिलेसम्म मौन बस्दै आएका डा. कोइराला थापालाई समथर्न नगरी आफैँ चुनावमा उठ्ने भएका हुन्।

    संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा नै दलको नेतामा उम्मेदवारी दिने तयारीमा छन्। गत वर्ष भएको पार्टीको महाधिवेशनमा देउवा र कोइरालाबीच नै प्रतिस्पर्धा भएको थियो।

    शुक्रबार गृहनगर विराटनगरबाट संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गर्ने तयारी गरे पनि मौसमका कारण रोकिएको छ। काठमाडौँबाट दोस्रो फ्लाइटमा बिहान ९ः२० बजे विराटनगर पुगेर आफ्नै निवासबाट चुनाव लड्ने घोषणा गर्ने तयारीमा रहेका कोइराला खराब मौसमका कारण काठमाडौँमै रोकिए।

    गिरिजाप्रसाद कोइरालाले कुनै महत्वपूर्ण निर्णय गर्नुअघि गृहनगर विराटनगर पुग्ने शैली शेखरले पनि अपनाउन खोजेका थिए।

    विमान नै उठ्न नपाएपछि रोकिएका कोइरालाको शुक्रबारका लागि बुढीगंगा गाउँपालिकामा आयोजित एक कार्यक्रममा पनि जान नपाउने भएका छन्।

     

    प्रकाशित मिति :पौष १ २०७९ शुक्रवार - १६:३८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij