२०८२ माघ १६ गते शुक्रवार
पूर्व सांसद रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता काठमाडौंको माइतीघर मण्डलमा धर्नामा बसेका छन्।
उनीहरूले चौधरीसँगै थरुहट बन्दीलाई रिहाइ गर्न माग गरेका छन्। थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला र उच्च अदालतले चौधरीलाई जेल सजाय सुनाएको थियो। उनी काठमाडौंको डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका छन्।

उनलाई रिहाइ गर्ने उद्देश्यले सरकारले राष्ट्रपति समक्ष अध्यादेश पठाएको थियो। तर, राष्ट्रपतिबाट जारी भएको छैन। यही सन्दर्भलाई लिएर उन्मुक्ति पार्टीका कार्यकर्ताले माइतीघर मण्डलमा धर्ना दिएका हुन्।

धर्नमा बसेकाहरुले कांग्रेस महामन्त्री गगन थापामाथिसमेत प्रश्न गरेका छन्। 'चर्चित नेता गगन, धनगढीमा के बोल्याथ्यौं भनन?' प्ले कार्डमार्फत उनीहरुले प्रश्न गरेका हुन्। धनगढी पुगेर थारुहट आन्दोलनको पक्षमा बोलेका गगनले पछिल्लो अध्यादेशको भने विरोध गरेका छन्। यही प्रसंग निकाल्दै धर्नामा बसेकाहरुले गगनमाथि प्रश्न गरेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij