२०८२ माघ १६ गते शुक्रवार
निर्वाचन आयोगले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको विवरण संसदलाई उपलब्ध गराएको छ ।
संसद सचिवालयलाई निर्वाचन आयोगले बिहीबार उपलव्ध गराएको विवरणमा उमेदवारको जन्म मिति र उमेर उल्लेख नभएपछि निर्वाचन आयोगलाई सचिवालयले पत्र पठाएको छ ।
संसदमा सभामुख चयन नहुँदासम्म जेष्ठ सदस्यले नेतृत्व गर्नुपर्ने भए पनि जन्म मिति र उमेर उल्लेख नहुँदा सचिवालयले राष्ट्रपतिलाई जेष्ठ सदस्यको नाम दिने र सपथ गराउने काम नै नहुने भएपछि सचिवालयले आयोगलाई जन्म मितिसहितको विवरण पठाउन पत्राचार गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij