२०८२ माघ १६ गते शुक्रवार
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेका थिए।
यसअघि आजै निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij