२०८२ माघ १६ गते शुक्रवार
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र ईजरायलका राजदूत हनान गोडर गोल्डबर्गरबीच भेटवार्ता भएको छ ।शर्मासँग भेट गर्न राजदूत गोल्डबर्गर सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए ।
भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत गोल्डबर्गरबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij