Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

काठमाडौं–२ बाट निर्वाचित सांसद सोविता गौतमको चुनावी खर्च कति ?

काठमाडौं–२ बाट निर्वाचित सांसद सोविता गौतमको चुनावी खर्च कति ?


  • 1.7K
    Shares

    काठमाडौं–२ बाट निर्वाचित सांसद सोविता गौतमको चुनावी खर्च कति ?

    प्रतिनिधिसभा सदस्यमा काठमाडौं–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएकी छिन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएको विवरणमा उनले चुनाव खर्च ३ लाख ७१ हजार रुपैयाँ भएको उल्लेख गरीकी हुन् ।

    निर्वाचनको दौरानमा तीन लाख हाराहारीमा खर्च भएको हुनसक्ने यसअघि उनले दाबी गर्दै आएकी थिइन् । कार्यालयमा बुझाएको विवरण अनुसार सबैभन्दा बढी खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९९५ रुपैयाँ भएको उल्लेख छ ।

    यसैगरी गाडि रिजर्ब गर्दा ७८ हजार, पेट्रोल/डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

    त्यस्तै कार्यालय स्थापना, मतदाता नामावली खरिद, कार्यालय भाडा, कर्मचारी, फ्लेक्स प्रचार सामाग्रीलगायतमा एक लाख तीन हजार खर्च भएको विवरणमा उल्लेख छ ।

    प्रकाशित मिति :मंसिर २९ २०७९ बिहिवार - १५:५४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij