२०८२ माघ १६ गते शुक्रवार
निर्वाचन आयोगले आम निर्वाचन–२०७९ को मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अधिकारीहरू राष्ट्रपति कार्यालय, शितलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाइएको हो।
मतदान सम्पन्न भएको करिब तीन सातापछि आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गरिएको हो।
निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधानबमोजिम बिहीबार राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन बुझाइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए।
प्रदेशको हकमा प्रदेश प्रमुखसमक्ष पुस २ गते प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन आयोगका पदाधिकारीले प्रस्तुत गर्ने पनि उनले बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij