२०८२ चैत्र २ गते सोमवार
छापावाल सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला छ सयले बढेर एक लाख तीन सय रुपैयाँ पुगेको छ।
बिहीबार प्रतितोला ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय छ । यसको मूल्य बिहीबार प्रतितोला ९९ हजार दुई थियो।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ३० ले बढेर एक हजार तीन सय ९० पुगेको महासंघले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij