Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

प्रचण्ड–नेपाल समूहको आमहड्तालः के–के खुल्छ, के–के बन्द हुन्छ ? (विज्ञप्तिसहित)

प्रचण्ड–नेपाल समूहको आमहड्तालः के–के खुल्छ, के–के बन्द हुन्छ ? (विज्ञप्तिसहित)


  • 8.0K
    Shares

    प्रचण्ड–नेपाल समूहको आमहड्तालः के–के खुल्छ, के–के बन्द हुन्छ ? (विज्ञप्तिसहित)
    images

    काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाले बिहीबार भोलि देशभरी आम हड्ताल घोषणा गरेको छ । बुधबार दिउँसो २ बजे पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन गर्दैै प्रचण्ड–नेपाल समूहको केन्द्रीय संघर्ष समितिले आम हड्ताल घोषणा गरेको हो । त्यसका लागि आजै साँझ मसाल जुलुस निकालिनेछ ।

    संवैधानिक आयोगमा नियुक्तिविरुद्धको मुद्दा टुङ्गो नलाग्दै सरकारले संवैधानिक आयोगमा पराधिकारीको नियुक्ति गर्दै सपथ गराएको भन्दै उक्त समूहले आम हड्ताल घोषणा गरेको हो । कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले बहिस्कार गरेका थिए ।

    आमहडताल शान्तिपूर्ण हुने प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए । आम हड्तालका कारण जनतालाई पर्ने कष्टप्रति क्षमा माग्दै संविधानको रक्षाका लागि आमहड्ताल गरिएको श्रेष्ठले दाबी गरे ।

    संवैधानिक निकायमा गरिएको नियुक्ति निरंकुशताको पराकाष्टा भएको श्रेष्ठले आरोप लगाए । ‘भोलिको आमहड्ताल सरकारले बलमिच्याइँको रूपमा गरेको नियुक्तिको प्रतिरोधमा गरिएको हो,’ प्रवक्ता श्रेष्ठले भने ।

    त्यस्तै प्रतिगमनलाई असफल पार्न जुनसुकै कदम चाल्न आवश्यक रहेकाले सवैलाई सहयोग गर्न आग्रह पनि गरेको छ । आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहे पनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने सो पक्षले जनाएको छ ।

    संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूह तेस्रो चरणको आन्दोलन गरिरहेको छ । जसअन्तर्गत माघ २६ गते देशव्यापी मसाल जुलुस र माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन सभा आयोजना गरिँदैछ । भोलिका लागि तय भएको युवा र्‍याली २८ गतेपछि गर्नेगरी सारिएको छ । यसअघि उक्त समूहले विभिन्न प्रदेश प्रदर्शन तथा विरोध सभा गरिरहेको छ ।

    press 1.jpg

    press-2.jpg

     

    प्रकाशित मिति :माघ २१ २०७७ बुधवार - २०:२४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij