Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

जाडाेमा हात खुट्टाकाे स्याहार कसरी गर्ने ?

जाडाेमा हात खुट्टाकाे स्याहार कसरी गर्ने ?


  • 2.4K
    Shares

    • images
    जाडाेमा हात खुट्टाकाे स्याहार कसरी गर्ने ?
    images

    काठमाडौं । प्राय: हामी सबै हातखुट्टाको सरसफाइमा खासै ध्यान दिदैनौं । अनुहारको हेरचाह गर्न जति व्यक्ति उत्सुक हुुन्छन् हातखुट्टा हेरचाहमा हुँदैन्न ।

    तर व्यक्तिकाे सौन्दरयता अनुहारमा मात्र नभई उसको हातखुट्टाले पनि उत्तिकै बढाउने गर्छ । हरेक व्यक्ति अनुहार सुन्दर बनाउने उपायमा जुटछन् र हातखुट्टा सफाईमा व्यवस्ता गर्छन् । व्यक्तिको अनुहार जति सफा हुन्छ त्यतिनै हातखुट्टा पनि हुन जरुरी हुन्छ ।
    । सामान्यतया व्यक्ति दिनभर बाहिर हुन्छ ।

    जसले गर्दा हातखुट्टामा धुलो, माटो र फोहर लाग्ने गर्छ । यीनै धुलो, माटो र फोहरले हातखुट्टा फुटने समस्या निम्ताउँछ र हातखुट्टामा चमक हराउँछ । हातखुट्टाको सरसफाइ केबल पानी र साबुले मात्र हुँदैन् ।  यसले तपाईको फोहर हातखुट्टा सफा बनाए पनि त्यसमा नरमता ल्याउँदैन् । त्यसैले हरेक व्यक्तिले हप्तामा हातखुट्टाको उचित सफाइ गर्नु पर्छ ।

    कसरी गर्ने हातखुट्टाको सफाइ ?

    यसको लागि एउटा भाँडोमा मनतातो पानी लिनुहोस् र त्यसमा एक चम्चा नुन, कागतीको रस र स्याम्पु मिसाउनुहोस् उक्त मिश्रणलाई राम्रोसँग घोल्नुहोस् । अब यो पानीमा खुट्टा तथा हात १० देखि १५ मिनेटसम्म डुबाएर राख्नुहोस् । १०,१५ मिनेटपछि पानीबाट निकालेर सफा पानीले पखाल्नुहोस् र मोइस्चराइजर क्रिम लगाउनुहोस् । यसले तपाईको हात तथा खुट्टा नरम तथा सफा बनाउँछ ।

    प्रकाशित मिति :कार्तिक १८ २०७९ शुक्रवार - १३:५२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij