२०८२ भाद्र १ गते आइतवार
काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पार्टीको बैठक हुनु अघि अध्यक्ष र कार्यकारी अध्यक्षबीच सहमति जुटेपछि सोही सहमति अनुसार बैठकमा एजेण्डा प्रस्तुत हुने परिपाटी थियो । तर प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यक्षबीचमा भएका सहमति कार्यान्वयन नगरेको भन्दै प्रचण्ड रिसाएका छन् ।
पछिल्लो समय बढ्दै गएको विवाद समाधानका लागि अब सिधै सचिवालय बैठकमा कुरा राख्न प्रचण्डले प्रस्ताव राखेका छन् । आफुसंग गरेका सहमति कार्यान्वयन नहुने भएपछि एक्लै वार्ता गर्नुको कुनै औचित्य नभएको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले ओलीसँग एक्लै बालुवाटारमा नभेट्ने सन्देश पठाएको खुलासा भएको छ।
यस अघि नै एक्लाएक्लै भएको बार्तामा सहमति जुट्न नसकेपछि अब वैठककै लागि भन्दै एक्लै भेट्न बालुवाटार आउँदिन भन्दै प्रचण्ड बाहिरिएका थिए ।
बुधवार भएको सचिवाय बैठक पछि पनि ओलीले प्रचण्डलाई विभिन्न च्यानल मार्फत बालुवाटार बोलाएको बुझिएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले एक्लै नभेट्ने सन्देश पठाएपछि शुक्रबार ओलीनिकट नेताहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रचण्डसँग छलफल गरेको स्रोतले जनाएको छ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावप्रति असन्तुष्ट रहेका प्रधानमन्त्री ओलीले प्रचण्डलाई छलफल गर्न विभिन्न च्यानलमार्फत वालुवाटार बोलाएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij