Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

निर्वाचन: खोटाङमा ७९२ मत पेटिका

निर्वाचन: खोटाङमा ७९२ मत पेटिका


  • 2.3K
    Shares

    निर्वाचन: खोटाङमा ७९२ मत पेटिका

    खोटाङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय खोटाङले मत पेटिका तयारी अवस्थामा राखेको छ ।

    ४ मंसिरमा हुने निर्वाचनका लागि गत स्थानीय तहको निर्वाचनमा प्रयोग भएका र नयाँ गरी ७९२ थान मत पेटिका तयारी अवस्थामा राखिएको हो । जिल्लाको १३६ मतदान स्थलका १९४ मतदान केन्द्रमा पाँच वटाका दरले र दुई वटा अस्थायी मतदान केन्द्रमा एक÷एक वटाका दरले मत पेटिका प्रयोग हुने जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए ।

    प्रत्यक्ष र समानुपातिक मतका लागि प्रतिमतदान केन्द्र चार/चार वटा मत पेटिका प्रयोग हुने भएपनि एक/एक थान मत पेटिका जगेडाका रुपमा मतदान केन्द्रमा पठाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    ‘हामीसँग पुरानो मतपेटिका छ । टुटफुट भएका र चर्किएको मत पेटिकाको सट्टा नयाँ मत पेटिका प्रयोग हुन्छ,’ जिल्ला निर्वाचन अधिकारी गौतमले भने, ‘अपुग र थप मत पेटिका कात्तिक १२ गते गाडीमार्फत ल्याइएको छ । एक मतदान केन्द्र बराबर पाँच वटा मत पेटिका पठाउने छौं । एक वटा चैं जगेडाका लागि पठाउन लागिएको हो ।’

    अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कैदीले मताधिकार प्रयोग गर्नेछन् । कर्मचारी र सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति र कैदीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र खडा गरिने छ ।
    कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र भोट हाल्न पाउने जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।

    प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइसकेको कार्यालयले जनाएको छ ।

     

    प्रकाशित मिति :कार्तिक १५ २०७९ मंगलवार - १०:४६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij