Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

नेपालको कवाडी बजारमा भारतीय नागरिक

नेपालको कवाडी बजारमा भारतीय नागरिक


  • 1.7K
    Shares

    नेपालको कवाडी बजारमा भारतीय नागरिक

    भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान सङ्कलन गरिएको छ । फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कवाडी सामान सङ्कलन गरिरहेका भेटिन्छन् ।

    मोरङको सुन्दरहरैचा नगरपालिका क्षेत्रभित्र मात्रै दर्जनभन्दा धेरै कवाडी सङ्कलन केन्द्र रहेका छन् । सुनसरी इनरुवाका सञ्जय चौधरीको आरके कवाडी पसलमा छ  कवाडी सङ्कलक रहेका छन् । उक्त कवाडी पसलका व्यवस्थापक  भारत विहारकै समी जैसवाल हुन।

    सङ्कलकहरुले गाउँसहरका विभिन्न भागबाट सङ्कलन गरी ल्याएको कागज प्रतिकिलो रु २०, धातुजन्य सामान प्रतिकिलो रु ५५, गाडीका पुराना टायर रु दुई सय देखि पाँच सयसम्म र सिसाको बोतलप्रति ओटा डेढदेखि दुई रुपैयाँसम्ममा खरिद बिक्री गर्छन् । 

    यस्ता सामग्री उद्योगमा पु¥याएर प्रशोधन गरी पुनः प्रयोगमा ल्याइन्छ । गाउँगाउँमा गएर पुराना सामान सङ्कलन गर्ने व्यक्ति नेपालमा पाउनै मुस्किल भएको  जैसवाले बताए । राम्रो आम्दानी भए पनि यो पेसामा नेपालीको आकर्षण देखिँदैन । भारत विहार घर भएका राकेश जैसवालका अनुसार बिहानैदेखि राम्ररी साइकलमा गाउँ घुम्दा रु दुई हजार पाँच सयसम्म आम्दानी हुन्छ । यही पेसाले आफ्नो परिवार चलेको जैसवाले बताए ।

    प्रकाशित मिति :आश्विन २६ २०७९ बुधवार - १६:१२:२९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij