Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

हुम्लाको पहिरोमा पुरिएर चार जनाको मृत्यु, पाँच घाइते

हुम्लाको पहिरोमा पुरिएर चार जनाको मृत्यु, पाँच घाइते


  • 1.8K
    Shares

    हुम्लाको पहिरोमा पुरिएर चार जनाको मृत्यु, पाँच घाइते

    हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको पहिरामा पुरिएर चार जनाको मृत्यु भएको  छ। ती चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। 

    पहिरामा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त , नौ वर्षीया सुस्मिता  र १२ वर्षीया हैजाली विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए।

    पहिरामा परेर पाँच घाइते भएका छन्। घाइते हुनेमा ३८ वर्षका देउच्या , ३६ वर्षीया अङ्गती , १४ वर्षीया मनिका , १२ वर्षीया निरुता  र तीन वर्षीय तवेन्द्र विक  छन्। घाइतेमध्ये अङ्गतीको अवस्था गम्भीर छ। रासस

    प्रकाशित मिति :आश्विन २५ २०७९ मंगलवार - ०९:४८:०८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij