Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

पाँचखालमा सघन सहरी विकास कार्यक्रम लागू, २ अर्ब खर्च लाग्ने

पाँचखालमा सघन सहरी विकास कार्यक्रम लागू, २ अर्ब खर्च लाग्ने


  • 1.6K
    Shares

    पाँचखालमा सघन सहरी विकास कार्यक्रम लागू, २ अर्ब खर्च लाग्ने

    काठमाडौं । पाँचखाल नगरपालिकामा सघन सहरी विकास कार्यक्रम लागू गरिएको छ । यसका लागि सहरी विकास मन्त्रालयद्वारा प्रशासनिक प्रक्रिया अघि बढाइएको हो ।

    सरकारले ग्रीन स्मार्ट–सिटी निर्माणार्थ गत वर्ष फागुनमा मन्त्रालयको सघन सहरी विकास कार्यक्रम अन्तर्गतको उक्त कार्यक्रम लागू गर्न ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही कार्यक्रमअन्तर्गत मन्त्रालयले देशका ४४ नगरलाई छनोट गरेकामध्ये पाँचखाल नगर पनि परेको हो । कार्यक्रम लागू गर्न सहरी विकास तथा पूर्वाधार निर्माण कार्यालयले टेण्डर आह्वान गरिसकेको छ ।

    पाँच खाललाई प्राप्त बजेटमध्ये ५० प्रतिशत सडकमा, ३० प्रतिशत आयआर्जन, १५ प्रतिशत सामुदायिक पूर्वाधार तथा पाँच प्रतिशत शासकीय पूर्वाधार निर्माणमा खर्च गर्नुपर्नेछ । कार्यक्रमअन्तर्गत बसपार्क निर्माण, मिनी–मार्केट, हाट बजार तथा नगरका सडक तथा नाली थप व्यवस्थित गराइने छ । नगरपालिकाले यसमा समन्वयात्मक भूमिका र सहजीकरण गर्नेछ ।

    कार्यक्रमले नगरको ‘ग्रीन स्मार्ट–सिटी’को योजनालाई थप मद्दत गर्ने नगर प्रमुख महेश खरेलले बताए । उनले भने, ‘चालु आवमा ग्रीन स्मार्ट सिटीको डिपीआर सकेर निर्माण थाल्ने योजनामा छ ।’ यसअघिनै नगरले नेपालमै पहिलो ग्रीन स्मार्ट–सिटी निर्माणका लागि आर्थिक वर्ष २०७९÷८० मा विस्तृत अध्ययन प्रतिवेदन ९डिपीआर० तयार गरी निर्माणकार्य थालनी गर्ने योजना बनाएको थियो । यसका लागि नगरले विदेशी कम्पनीसँग सम्झौता गरी प्रक्रिया थालिसकेको छ ।

    गत वर्षको फागुन पहिलो साता पाँचखाल नगरमा विकास गरिने ग्रीन स्मार्ट सिटीका लागि सिङ्गापुरको सुरबाना जुरोङ ९एसजे० समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि ९एसएमइसी०बीच निर्माणको सम्झौता गरिसकिएको छ । समझदारीपत्रमा सिङ्गापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमइसीले प्रस्तावित काभ्रेपलाञ्चोकको पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन–विश्लेषणसम्बन्धी कार्य गर्ने जनाइएको छ । यसका लागि पाँचखाल नगरले स्थानीयसँग जग्गा प्राप्तिका लागि आवश्यक सहजीकरण गर्नेछ ।

    सम्झौताअनुसार काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड ९निफ्रा०ले स्मार्ट सिटीको ‘बजार अध्ययन’का लागि अमेरिकन परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्टस् प्रालिसँग गत वर्ष सम्झौता भएको छ । निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ ।

    करिब पाँच हजार पाँच सय रोपनी क्षेत्रफल ओगट्ने स्मार्ट सिटीका लागि निफ्राले पाँचखाल नगरसँग एक वर्षअघि सार्वजनिक–निजी साझेदारीमा ९सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार० परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । उक्त सम्झौतामा व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सात बुँदा उल्लेख गरिएको हो । उक्त क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पर्वाधार निर्माणार्थ करिव २ अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    कूल क्षेत्रफलमध्ये ६ सय ५० रोपनी जमिन नगरले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ । ‘ल्याण्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरले प्रशासनिक र जमिन व्यवस्थापनको काम सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा र उसका साझेदार संस्थाले गर्ने नगरप्रमुख खरेलले बताए । उनका अनुसार निफ्राले पाँचखाल स्मार्ट सिटीका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिइरहेको छ ।

    ‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्धक बनाउन नगरले यसअघिनै पाँचखालको खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ । खेतीयोग्य जमिन जोगाएर मानव बस्ती तथा औद्योगिक ग्राम स्थापना गर्ने नगरको योजना छ ।

    प्रकाशित मिति :आश्विन ६ २०७९ बिहिवार - १२:४५:२९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij