Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुवेतबाट बिचल्लीमा परेका ४ नेपालीको उद्धार

कुवेतबाट बिचल्लीमा परेका ४ नेपालीको उद्धार


  • 9.1K
    Shares

    कुवेतबाट बिचल्लीमा परेका ४ नेपालीको उद्धार

    कुवेतबाट ४ नेपालीको उद्धार गरिएको छ ।

    गैरआवसीय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहयोगमा कुवेतमा रोजगारी गुमाइ बिचल्लीमा परेका चार नेपालीको उद्धार गरिएको हो । उद्धार गरिएकाहरू तनहुँका राजु सावत, तेह्रथुमका भिमार सिङ लिम्बु, मकवनपुरका यादब  ढुंगाना र सिरहाका अजय कुमार मन्डल रहेका छन् ।

    उनीहरुलाई कुवेतबाट नेपाल सम्मको हवाइ टिकट, कुवेतमा गरिएको कोरोनाको पिसिआर परीक्षण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएकै स्वयंसेवकले रिसिभ गरी घरसम्म पुग्ने गरिको बसको टिकटको ब्यबस्था गरिएको गैरआवसीय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए ।

    साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भए  एनआरएनए कुवेतमा सम्पर्क गर्न पनि अध्यक्ष केसीले अनुरोध गरेका छन् ।

    कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतमा सम्पर्क गर्न सकिने उनले बताए ।

    नेपाल जनाको लागि हवाई टिकट, पीसीआर परीक्षण, अवैध भएर समस्या परेका लगायतलाई सहयोग गरेर काठमाण्डौ बिमान स्थलदेखि घरसम्म पुग्ने खर्चसमेत व्यवस्था गरिने उनले बताए ।

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - ०९:५७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij