Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आज बाँडफाँट हुँदै इन्फ्रास्ट्रक्चरको आईपीओ, ५० कित्ता सम्म आवेदन दिनेले मागे जति पाउने

आज बाँडफाँट हुँदै इन्फ्रास्ट्रक्चरको आईपीओ, ५० कित्ता सम्म आवेदन दिनेले मागे जति पाउने


  • 9.7K
    Shares

    आज बाँडफाँट हुँदै इन्फ्रास्ट्रक्चरको आईपीओ,  ५० कित्ता सम्म आवेदन दिनेले मागे जति पाउने
    images

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर (आईपीओ) आज (शुक्रबार) बाँडफाँट हुँदैछ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज बिहान १० बजे आईपीओ बाँडफाँड हुने भएको जनाएको हो ।   

    बुधबार सम्पन्न भएको प्रि अलोटमेन्ट अनुसार १४ लाख ७५ हजार ८० जनाको आवेदन योग्य भएको छ भने ६ हजार २ सय ७६ जनाको आवेदन अयोग्य भएको छ भने १० देखि ५० कित्ताको लागि आवेदन दिने सबैले माग गरे बमोजिम नै शेयर पाउने छन् ।  ६० कित्ता र त्यस माथि माथिको लागि आवेदन दिने मध्येबाट ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाउने छन् । यस हिसाबमा एक जनाले अधिकतम ६० कित्तासम्म शेयर पाउने भएका छन् । 

    बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको हो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने ब्यबस्था थियो ।  

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - ०९:४५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij