Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

भेट्टाएको तीन लाख फिर्ता

भेट्टाएको तीन लाख फिर्ता


  • 2.2K
    Shares

    भेट्टाएको तीन लाख फिर्ता

    काठमाडौँ,२० भदौ । नुवाकोटको विदुर नगरपालिका–९ का सरोज श्रेष्ठले भेट्टाएको रु तीन लाख सम्बन्धित धनीलाई नै फिर्ता गरेका छन् ।

    विदुर–९ को कोलनी निवासी ३३ वर्षका श्रेष्ठले सोही स्थानको चौतारामा आइतबार भेट्टाएको रु तीन लाख सात सय ५० सहितको कागजात नुवाकोट प्रहरीमार्फत सम्बन्धित धनीलाई फिर्ता गरेको हो ।

    झोलामा रहेको नगदसहित रसुवा घर भएका फुर्सुङ तामाङको नाममा रहेको लु ३ च ५९१३ नं को गाडीको बिलबुक र अन्य कागजात श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा बुझाएसगैँ सम्बन्धित धनी खोजी गरेर हस्तान्तरण गरेको जल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डितले जानकारी दिए । 

    प्रकाशित मिति :भाद्र २० २०७९ सोमवार - १२:०२:५७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij