Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

स्व. प्रदीप गिरीको स्मृतिमा दीप प्रज्वलन गर्न नेविसंघको निर्देशन

स्व. प्रदीप गिरीको स्मृतिमा दीप प्रज्वलन गर्न नेविसंघको निर्देशन


  • 2.2K
    Shares

    स्व. प्रदीप गिरीको स्मृतिमा दीप प्रज्वलन गर्न नेविसंघको निर्देशन

    काठमाडौँ । नेपाल विद्यार्थी संघले कांग्रेस नेता एवम् समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको १३ औं दिनको पुण्य तिथिमा देशभर दीपप्रज्वलन गर्न निर्देशन गरेको छ । बिहीबार गिरीको निधन भएको १३ औं दिन पुग्दैछ ।

    नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बुधबार ७७ वटै जिल्ला कार्यसमिति र मातहतका इकाइहरूलाई परिपत्र गर्दै स्वर्गीय नेता गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको चर्चा, स्मरण र सो अवसरमा रचनात्मक कार्यक्रम तथा साँझ दीप प्रज्वलन गर्न निर्देशन दिएका हुन् ।

    उनले काठमाडौं उपत्यकामा भने बिहीबार साँझ साढे पाँच बजे शान्ति बाटिकामा दिप प्रज्वलन गर्ने र श्रद्धाञ्जली अर्पण गर्ने जानकारी दिए ।

    बिहीबार दिउँसो कांग्रेसले राष्ट्रियसभामा शोकसभा राखेको छ भने अन्य विभिन्न संघसंस्थाले गिरीको स्मरणमा चर्चा र वृक्षारोपण कार्यक्रमहरु राखेका छन् ।

    घाँटीको क्यान्सरबाट पीडित नेता गिरिको मेडिसिटी अस्पतालमा उपचारको क्रममा साउन ४ गते राति निधन भएको थियो । ५ साउनमा पशुपति आर्यघाटमा राजकीय सम्मानसहित उनको अन्तिम संस्कार गरिएको थियो ।

    सिरहाको बस्तीपुरमा २००४ सालमा बुबा मित्रलाल गिरि र पुण्यप्रभा गिरिको कोखबाट जन्मिएका गिरिले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर थिए ।

    अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

    प्रकाशित मिति :भाद्र १६ २०७९ बिहिवार - ०९:४१:५७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij