Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेपाल टेलिकमले ल्यायो ‘इन्डिया भ्वाइस प्याक’, सस्तो पैसामा कल गर्न सकिने

नेपाल टेलिकमले ल्यायो ‘इन्डिया भ्वाइस प्याक’, सस्तो पैसामा कल गर्न सकिने


  • 3.4K
    Shares

    नेपाल टेलिकमले ल्यायो ‘इन्डिया भ्वाइस प्याक’, सस्तो पैसामा कल गर्न सकिने

    नेपाल टेलिकमले ग्राहकको सहजताका लागि भारतमा फोन गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । बुधबार (भदौ १) देखि लागू भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ । 

    इन्डिया भ्वाइस प्याक डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रुपैयाामा उपलब्ध छ । त्यसैगरी विक्ली अफर अन्तर्गत ७ दिन (एक साता)सम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना)सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश २५९ रुपैयाा र ७५९ रुपैयाामा उपलब्ध छ ।

    एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा फोन गर्न सकिन्छ । यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ ह्यास डायल गरी ७ नम्बर छनोट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ ।

    प्रकाशित मिति :भाद्र २ २०७९ बिहिवार - १४:५४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij