२०८२ भाद्र २ गते सोमवार
इजरायलले थप एक हजार जना नेपाली श्रमिक लैजाने भएको छ। सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँगको भेटमा इजरायलका राजदुत खनान गोदेरले यस्तो जानकारी गराएका हुन्।
मन्त्रालयमा भएको भेटमा दुई देशबीचको श्रम सम्झौता बारे पनि छलफल भएको मन्त्री कुँवरकी प्रेस संयोजक रमा खड्काले जानकारी दिइन्।
इजरायल सरकारले थप एक हजार नेपाली श्रमिक कृषी क्षेत्रमा लैजाने निर्णय आइतबार गरेको राजदुत गोदेरले बताए। यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएका थिए। एक हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा छन्।
भेटमा मन्त्री कुँवरले इजरायल सरकारको सहयोगप्रति गोदेरलाई धन्यवाद दिँदै आगामि दिनमा नेपालका कृषी, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij