Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

स्याङ्जाको पूर्व वडाध्यक्ष श्रेष्ठ मृतावस्थामा फेला

स्याङ्जाको पूर्व वडाध्यक्ष श्रेष्ठ मृतावस्थामा फेला


  • 4.6K
    Shares

    स्याङ्जाको पूर्व वडाध्यक्ष श्रेष्ठ मृतावस्थामा फेला

    स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष वसन्त श्रेष्ठ मृतावस्थामा फेला पर्नुभएको छ ।  वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी मृत फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

    भित्री कच्ची सडकमा ग१६प ५४६१ नंको स्कुटर बाटो छेउमा रहेको अवस्थामा बाटोको कुनातर्फ शव उत्तानो अवस्थामा फेला परेको प्रवक्ता खनालले बताए ।  घटनास्थलमा नुडन नामक सेतो रङको किटनाशक विषादीको खोलिएको डिब्बा स्कुटर नजिक भेटिएको जनाइएको छ । प्रवक्ता खनालका अनुसार आज बिहान स्थानीयले बाटोमा मानिस लडेको अवस्थामा फेला परेको सूचना वडा प्रहरी कार्यालय वालिङमा दिएका थिए । 

    शव परीक्षणका लागि वालिङस्थित गहौँ प्राथमिक अस्पतालमा ल्याइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५५ वर्षीय श्रेष्ठ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएको थियो ।

    प्रकाशित मिति :श्रावण २६ २०७९ बिहिवार - १४:२७:२० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij