Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

महिला फुटबलर दीपाले केरेला महिला लिग खेल्ने

महिला फुटबलर दीपाले केरेला महिला लिग खेल्ने


  • 1.3K
    Shares

    महिला फुटबलर दीपाले केरेला महिला लिग खेल्ने

    राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने भएको छ । नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी दीपा उक्त प्रतियोगिताका लागि आज दिउँसो नै भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

    दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीबाट खेल्नेछ । केरेला महिला लिगको च्याम्पियन टोली आइलिगमा छनोट हुनेछ ।

    ‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसरसमेत हो”, दीपाले भने । उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी पनि सहभागी  भए  । उनले गोकुलम केरेला क्लबबाट खेल्नेछ । 

    प्रतियोगितामा गोकुलमसहित, केरेला ब्लास्टर, केरेला युनाइटेडलगायत १० टोलीको सहभागिता रहनेछ । केरेला लिगमा डन बोस्को साबिक उपविजेता हो । दीपाले दुई महिनाका लागि आफूले सम्झौता गरेको बताए । उनले आइलिगमा छनोट भए, त्यसमा पनि अवसर मिल्ने सम्भावना रहेको बताए। 
     
    यही साउन २५ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेडबीच हुनेछ । डन बोस्कोले आफ्नो पहिलो खेलमा भोलि लड्र्स पिआरविरुद्ध खेल्नेछ । 

    प्रकाशित मिति :श्रावण २५ २०७९ बुधवार - १२:४१:५२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij