Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुँदै

जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुँदै


  • 1.8K
    Shares

    जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुँदै

    प्रतिनिधिसभाको आजको बैठकमा आगामी निर्वाचनमा संविधानले सम्बोधन गरेको समानुपातिक समावेशी सहभागिताको सुुनिश्चिता गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेको छ ।

    सांसद अमृता थापाले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावको सांसद लक्ष्मी परिवारसहित ११ सांसदले समर्थन गर्नुभएको छ । सांसदहरु लक्ष्मीकुमारी चौधरी, चन्दा चौधरी, रङ्गमती शाही, बीना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरुङ सुवेदी, रेनुका गुरुङ र प्रमिला राई समर्थक रहेकाछन् ।

     सांसद थापाले नेपाली महिलाले मुलुकको हरेक परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरुलाई संविधानमा व्यवस्था भएको समानुपातिक समावेशिताको सहभागिता सुनिश्चित गराइनुपर्नेमा जोड दिए । उक्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि अहिले छलफल भइरहेको छ ।

     नेपालको संविधानले सम्बोधन गरेको समानुपातिक समावेशी सहभागिताको विषयलाई सुनिश्चितताका लागि सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली दुवैमा महिला र पुरुषको समान सङ्ख्यामा प्रतिनिधित्व गराउन हाल निर्वाचन आयोगबाट निर्वाचनसम्बन्धी कानुन संशोधनको एकीकृत मस्यौदा तयारीका लागि विभिन्न क्षेत्रबाट सुझाव सङ्कलन भइरहेको छ । 

     प्रतिनिधिसभामा समेत यस विषयमा छलफल गरी सङ्घीय संसद्को प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत प्रत्येक दलले जनसङ्ख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वबमोजिम महिला उम्मेदवारी दिनुपर्ने भनिएको छ ।

    त्यसैगरी स्थानीय तहको निर्वाचनका विभिन्न पदमा हरेक दलले कम्तीमा ५० प्रतिशत महिला उम्मेदवारी दिनुपर्ने र वडा तहमा दलित महिलाको उम्मेदवारी नपरेमा अल्पसङ्ख्यक वा सीमान्तकृत वा अरू कुनै समुदायबाट महिलाको उम्मेदवारी आह्वान गर्ने व्यवस्था गर्न अत्यावश्यक भएकाले जरुरी महत्वको प्रस्ताव प्रस्तुत गरिएको उल्लेख छ ।

    प्रकाशित मिति :श्रावण २४ २०७९ मंगलवार - १४:०६:४२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij