२०८२ माघ १३ गते मंगलवार
मागमा आधारित कार्यक्रमअन्तर्गत पाँच पालिकाका किसानलाई दुई लाख ५० हजार, कागती खेतीमा सात पालिकाका १२ फार्मलाई २१ लाख २३ हजार ३००, व्यावसायिक फलफूल बगैँचा स्थापनार्थ चार पालिकाका पाँच फार्मलाई नौ लाख एक हजार १०० रुपैयाँ अनुदान दिइएकाे छ ।
बीउबिजन आत्मनिर्भर कार्यक्रमअन्तर्गत तीन पालिकाका चार फार्मलाई तीन लाख ९६ हजार ८००, बगरखेती प्रवर्द्धनका लागि ६ पालिकाका १० फार्मलाई १० लाख एक हजार, जैविक तथा वानस्पतिक विषादी प्रयोग विस्तार कार्यक्रमअन्तर्गत ६ पालिकाका फार्मलाई ६ लाख, महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रमअन्तर्गत आठ पालिकाका १० फार्मलाई १० लाख रुपैयाँ अनुदान दिइएको कृषि अर्थविज्ञ भट्टराईले बताए ।
कृषि हाटबजार तथा सङ्कलन केन्द्र निर्माण गर्न तीन पालिका र एक सहकारी संस्थालाई ४० लाख अनुदान उपलब्ध गराइएको छ । गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र टागनडुब्बा सामुदायिक साना किसान कृषि सहकारी संस्थालाई १०/१० लाखका दरले दिइएको कार्यालयले जनाएको छ ।
रैथाने बाली उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत मेचीनगर–१० की रुपा पौडेललाई एक लाख रुपैयाँ दिइएको छ । नमूना कृषि फार्म स्थापनाका लागि आठ पालिकाका १० फार्मलाई २६ लाख ६९ लाख ३०० र कृषि यान्त्रिकीकरण, औजार खरिदका लागि ८२ व्यक्ति/समूहलाई ७० लाख १३ हजार ४०० रुपैयाँ अनुदान सहयोग उपलब्ध गराइएको कार्यालयले जनाएको छ । कार्यालयले न्यूनतम १८ हजार ७०० देखि अधिकतम एक लाख २७ हजार ७०० रुपैयाँ अनुदान दिइएको बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij