Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रहरी चौकीलाई तीन रोपनी जग्गा दान

प्रहरी चौकीलाई तीन रोपनी जग्गा दान


  • 1.7K
    Shares

    प्रहरी चौकीलाई तीन रोपनी जग्गा दान

    पौवादुङमाका एक समाजसेवीले प्रहरी चौकी निर्माणका लागि तीन रोपनी जग्गा दान गर्नुभएको छ ।

    जग्गा अभावमा प्रहरीको भवन निर्माणमा समस्या भएपछि स्थानीय खड्गराज शाक्यले रु २९ लाख बराबरको तीन रोपनी जग्गा दान गर्नुभएको हो ।

    जग्गा पाएसँगै अब चौकी निर्माणमा सहजता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुुख राजकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “जग्गा नहुँदा प्रहरी चौकी निर्माणमा समस्या भएको थियो । चौकीको नाममा जग्गा प्राप्त भएको छ । अब भवन निर्माणका लागि पहल थाल्छौँ ।”

    गाउँपालिकाको पहलमा चौकीको नाममा जग्गा प्राप्त गर्न सफल भएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकाको सुरक्षाका लागि अस्थायी प्रहरी चौकी स्थापना गरेको भए पनि आफ्नो नाममा जग्गा नहुँदा भवन निर्माणमा समस्या भएको थियो ।

    अब जग्गा प्राप्त भएकाले भवन निर्माणका लागि गाउँपालिकाले पहल गर्ने राईले बताउनुभयो ।अध्यक्ष राईले स्थानीयवासीले यसअघि पनि मिराराई बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला र स्वास्थ्य चौकीलगायत संरचना निर्माणका लागि निःशुल्क जग्गा दिएको बताउनुभयो ।

    गाउँपालिकाको सुरक्षामा सहजता होस् भन्ने उद्देश्यले प्रहरीलाई जग्गा दिएको जग्गादाता शाक्यले बताउनुभयो । 

    प्रकाशित मिति :श्रावण १८ २०७९ बुधवार - ०९:४८:३८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij