Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एम्बुलेन्सको ठक्करबाट झापामा एकको मृत्यु

एम्बुलेन्सको ठक्करबाट झापामा एकको मृत्यु


  • 1.7K
    Shares

    एम्बुलेन्सको ठक्करबाट झापामा  एकको मृत्यु

    झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको आज मृत्यु भएको छ ।

    यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा–कुमरखोद सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मे १ च १६५४ नं को एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १–०१–०१५ प २१४८ नं को स्कुटीलाई ठक्कर दिएको थियो ।

    सो दुर्घटनामा स्कुटी चालक झापा–६ का राजेश र सोही स्कुटीमा पछाडि सवार उनकी श्रीमती २० वर्षीया सर्मिला कार्की घाइते भएकी थिइन् । घाइते उनीहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा थप उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रवक्ता थापाले बताउनुभयो ।

    एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड–१० का ४६ वर्षीय चन्द्रबहादुर विक प्रहरीको नियन्त्रण रहेका छन् ।

    प्रकाशित मिति :श्रावण १५ २०७९ आइतवार - १३:१८:३२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij