Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

बैतडीबाट तीन वर्षमा दुई सय जना हराए

बैतडीबाट तीन वर्षमा दुई सय जना हराए


  • 1.8K
    Shares

    बैतडीबाट तीन वर्षमा दुई सय जना हराए

    भारतसँग सीमा जोडिएको यस जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन् । 

    आर्थिक वर्ष २०७६÷७७ देखि २०७८÷७९ सम्म एक सय ८९ जना हराएका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७६÷७७ मा ४५, २०७७÷७८ मा ६०, आव २०७८÷७९ मा ८४ जना हराएका हुन् । 

    सो अवधिमा हराएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन् । हराएकामध्ये आव २०७६÷७७ मा ३८, २०७७÷७८ मा ३९, आव २०७८÷७९ मा ५३ जना फेला परिसकेका छन् । उनसाठी जना अझै सम्पर्कविहीन रहेका छन् । 

     हराएकाको अझै पनि जिल्लास्थित मातहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरिएको र खोजी भइरहेको छ । 

     हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका छन् । हराउने बेला प्रहरीलाई खबर गर्ने गरेका भए पनि धेरै जना भेट्टिएका भए पनि प्रहरीमा खबर नगर्ने पनि गरेका छन् ।   

     पछिल्ला केही वर्षदेखि बैतडीबाट महिला तथा बालबालिका हराउनेक्रम बढिरहेको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश पालले बताउनुभयो । घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी

    प्रकाशित मिति :श्रावण १५ २०७९ आइतवार - १२:१९:३७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij